मध्य नेपालको
पहाडी गाँऊ । भर्खैर मात्र कच्ची बाटो पुगेको छ तर गाडी नियमित छैनन् । दुईचारवटा पसल खुलेका छन् ।
विजुलीको तार पुगेको छ, कहिलेकाँही बत्ति पनि आँउछ । तलपट्टी बस्ती छ, माथि कुनामा
एउटा प्राथमिक विद्यालय छ । विद्यालय घेरावार गरिएको छ । शौचालय र खानेपानी पनि छ
। टीनले छाएका दुई वटा भवनमा ६ वटा कोठा छन् । जिल्लामा भर्खर नयाँ नियुक्ति भएर आएका
एकजना निरीक्षक त्यही विद्यालय पुग्छन । विद्यालय प्रवेश गर्दै गर्दा उनको ध्यान विद्यालय
वरिपरी देखिएको फोहरमा पुग्यो ।
निरीक्षक अफिस कोठामा पस्छन, लामो हिँडाइ भएकाले एकछिन आराम गर्छन
पानी खान्छन । प्रधानाध्यापक र निरीक्षक सँगसँगै कक्षाकोठातिर लाग्छन । कक्षा १ मा
९ जना विद्यार्थी छन् । निरीक्षकले हाँजिर कापी हेर्छन, भर्ना १६ जना लेखिएको छ । खोइ त अरु विद्यार्थी ? नियमित हाँजिर पनि देखिदैन नि ? निरीक्षकले सोध्छन्
।
विद्यार्थी स्कुल नै आउदैनन् । केही गरि नियमित गराउन सकिएन । पोहोर अभिभावक
भेलामा भनेकै हो, हुँदै भएन सर, प्रधानाध्यापक भन्छन । अनि निरीक्षकले कालो पाटीमा
तीनवटा अक्षर 'घ', 'छ' र 'न' लेखेर ५ जनालाई सोध्छन । एक जनाले मात्र मिलाउँछन । यो पटक प्रधानाध्यापक
केही बोल्दैनन् । यसपछि निरीक्षक कक्षा २ मा जान्छन् । तेह्र जना विद्यार्थी
उपस्थित छन् । ठूलो कक्षाकोठा, अत्यन्त फोहर, अग्ला अग्ला बेञ्च । निरीक्षकले
तीनवटा सरल शब्द (आए, चुरा, तबला) बोर्डमा लेखेर पालै पालो विद्यार्थीलाई पढ्न लगाँउछन्
। तेह्र जनामध्ये ५ जनाले मात्र सबै शब्द शुद्धगरि पढन सक्छन । तत्कालै प्रधानाध्यापकले
रक्षार्थ जवाफ दिन्छन ।
एक त विद्यार्थी विद्यालय नै आउदैनन, आए पनि पुरा समय बस्दैनन्, घरमा पनि पढ्दै पढ्दैनन । गृहकार्य गर्ने बानी नै छैन । पढाएको बुझ्दा पनि बुझ्दैनन् । अभिभावकलाई चासै छैन । जति गरे पनि सिकाउनै नसकिने सर ।
एक त विद्यार्थी विद्यालय नै आउदैनन, आए पनि पुरा समय बस्दैनन्, घरमा पनि पढ्दै पढ्दैनन । गृहकार्य गर्ने बानी नै छैन । पढाएको बुझ्दा पनि बुझ्दैनन् । अभिभावकलाई चासै छैन । जति गरे पनि सिकाउनै नसकिने सर ।
निरीक्षक कक्षा ५ मा जान्छन् । अङग्रेजी
विषय पढाइ हुँदै थियो । विद्यार्थीको बसाइ र कक्षाकोठाको वातावरण अवलोकन पछि शिक्षकको
अनुमतिमा उनले अङग्रेजीका केही सरल वाक्यहरु विद्यार्थीलाई सोध्छन् । धेरै विद्यार्थी अलमल पर्छन । सँगै गएका प्रधानाध्यापकले स्पष्टीकरण दिन शुरु गरी
हाल्छन् । यो उदार कक्षोन्नति भनेर विद्यार्थी फेल गर्न पनि नपाइने, खुरुखुरु
कक्षा चढायो यस्तो छ हालत । निरन्तर विद्यार्थी मूल्याङकन भन्दै परीक्षा पनि नलिने
भन्ने पनि छ । गर्न त खोजेकै छौ, अभिभावक कुनै मतलवै गर्दैनन, हामीले मात्र गरेर
नहुने सर, प्रधानाध्यापकले दिक्क मानेको शैलिमा भन्छन् ।
यसपछि निरीक्षक सिधै अफिस कोठामा पुग्छन र शिक्षकको हाँजिरी पल्टाउँछन । धेरै शिक्षकको अनियमितता देखेर सोध्छन, शिक्षकको पनि नियमितता त देखिएन नि सर ? जवाफमा प्रधानाध्यापक भन्छन् : गाँउमा यस्तै हो सर, कोही मर्छन जानै पर्ने, विरामी हुन्छन, विवाह, पुजापाठ, ब्रतबन्ध भन्यो, गाँउमा हुने अरु सामाजिक काम भन्यो नगइ पनि नहुने । समाज पनि चाहियो गाँउमा बसेपछि । फेरी बिदा हुँदैन भनेर पनि सम्भवै नहुने सर । कहिलेकाँही त मानवीयता पनि हेर्नु पर्ने । दुई जना निजी स्रोतका, २ जना स्थायी, १ जना राहत शिक्षक हुनुहुन्छ । मलाई विद्यालयको काममा हिडीरहनु पर्छ, समस्या पो भएको छ सर ।
यसपछि निरीक्षक सिधै अफिस कोठामा पुग्छन र शिक्षकको हाँजिरी पल्टाउँछन । धेरै शिक्षकको अनियमितता देखेर सोध्छन, शिक्षकको पनि नियमितता त देखिएन नि सर ? जवाफमा प्रधानाध्यापक भन्छन् : गाँउमा यस्तै हो सर, कोही मर्छन जानै पर्ने, विरामी हुन्छन, विवाह, पुजापाठ, ब्रतबन्ध भन्यो, गाँउमा हुने अरु सामाजिक काम भन्यो नगइ पनि नहुने । समाज पनि चाहियो गाँउमा बसेपछि । फेरी बिदा हुँदैन भनेर पनि सम्भवै नहुने सर । कहिलेकाँही त मानवीयता पनि हेर्नु पर्ने । दुई जना निजी स्रोतका, २ जना स्थायी, १ जना राहत शिक्षक हुनुहुन्छ । मलाई विद्यालयको काममा हिडीरहनु पर्छ, समस्या पो भएको छ सर ।
कक्षा १ देखि ५ सम्म जम्मा भर्ना भएका विद्यार्थी ११७ जना रहेछन र निरीक्षक जाँदाको दिनको उपस्थित ५८ जना । बस्ती त
बाक्लै देखिन्छ, विद्यार्थी त थोरै नै छन् त, निरीक्षकको प्रश्न । यही तलपट्टी
एउटा बोर्डिङ्ग खुलेको छ सर, सबै उतै गए, आए पढाउन हुन्थ्यो, अभिभावकको चासो उतै
छ, प्रधानाध्यापक जबाफमा भन्छन् । निरीक्षक केही बोल्दैनन्, प्रधानाध्यापक थप्छन,
अर्को वर्ष कक्षा १ मा विद्यार्थी नै हुँदैनन जस्तो छ । विद्यालय चलाउन पनि समस्या
भयो । भवन पनि पुराना छन् । शिक्षक पनि पर्याप्त छैनन् । निरीक्षक र
प्रधानाध्यापकको यो कुराकानी हुदै गर्दा १ जना महिला शिक्षक आइपुग्छीन । अनि
निरीक्षकले परिचय गर्छन । उनी बालविकास केन्द्रको सहयोगी कार्यकर्ता रहेछिन । अनि
निरीक्षकले बालविकास केन्द्र हेरौ न त भन्छन् । उनी अलमल पर्छिन तर
प्रधानाध्यापकले थप्छन् । विद्यालयमा शिक्षक पनि अभाव, कक्षाकोठाको अभाव, विद्यार्थी पनि थोरै त्यसैले कक्षा १ र बालकक्षा एकैठाँउ चलाएका छौ सर । साह्रै
समस्या भएको छ, हामीलाई ।
प्रधानाध्यापकका समस्या सुनाउने शैलि सुनेर दिक्क मान्दै गर्दा प्रधानाध्यापकले निरीक्षण पुस्तिका दिन्छन् ।
निरीक्षक अलमल परेर पुस्तिका अगाडिबाट पल्टाउदै जान्छन् । निरीक्षण पुस्तिकामा के
लेख्ने भन्ने अलमल हुन्छ निरीक्षकलाई । उनी भर्खरमात्र आएका नयाँ निरीक्षक थिए । समस्या
लेखौ, कुन कुन लेखौ, सुधार गर्नु पर्ने कुरा लेखौ, कुन कुन लेखौ, उनी एकछिन
टोलाउँछन् । सर के लेखौँ र यसमा, समस्याको पोकोमात्र सुनाउनुभयो ।
यस्तै हो सर । समस्या छ । हामीले सकेजति गरेकै छौँ । पहिला पनि सरहरु अाइरहनुभएकै हो । राम्रै छ भनेर जानुहुन्छ । पिसिएफ, छात्रवृति पठाइदिनु भएको छ । हँजुर नयाँ हुनुभयो । सबै यस्तै त हाे । अवाक र अलमल निरीक्षक निरीक्षण पुस्तिकाको अगाडि पाना फर्काएर हेर्छन, पहिले पहिले विद्यार्थी
अवलोकनमा आएका निरीक्षकले के लेखेका रहेछन भनेर । अगाडिका निरीक्षकको आधार लिदै केही
भूमिका सहित लेख्न शुरु गर्छन, "विद्यालयमा पठन पाठन सूचारु भएको पाइयो । ५८
जना विद्यार्थी उपस्थित रहेछन् । विद्यार्थी उपस्थिति बढाउनु पर्ने देखिन्छ । विद्यालय हाता सफा राख्नु पर्ने देखिन्छ । अन्तमा विद्यालयको उत्तरोत्तर प्रगतिको
कामना गर्दछु । धन्यबाद ।"
धन्यबाद
0 comments Blogger 0 Facebook
Post a Comment