हरेक मानिसका आ आफ्नै बाध्यता होलान्, समस्या होलान । यस्तै बाध्यता र समस्याले नचाहँदा नचाहँदै धेरै कुरा गर्नुपर्छ र मलाई सम्झना हुन्छ डाडुँमा पानी तताएर मर्ने भन्ने नेपाली उखान ।
कुरा यसै साताको हो, छोरीको विद्यालयकाे प्रिन्सिपलको भाषण सुन्ने कार्यक्रम । केही कुरा गर्ने मनसायले म पनि पुगेको थिए । बालबालिकालाई दशैँ विदाको गृहकार्य, हरेक दिनको पढाइ लेखाइ, सेन्ट जेभियर्समा नाम निकाल्नका लागि पढाइ नपुगेको कुरा ।
अभिभावकहरुलाई आफ्ना कुरा राख्ने अवसर दिइयो । समयको हतारो थियो, शुरुमै पालो लिए । बच्चाहरु सानै छन् । खेल्ने उफ्रने समय हो । पढ्ने कुरा त उमेर पुगेपछि भैहाल्छ । मांशपेसीको राम्रोसँग विकास नहुँदै पेन्सिल समाउन लगाएर त सिधा धर्को तान्न सक्दैनन् अनि अक्षर पनि त राम्रो हुँदैन । दशैमा गाउँ जान्छन् रमाउँछन खेल्छन् गृहकार्यको तनाव नदिएको भए पनि हुन्थ्यो । पढाइको भार अलिक बढी भयो जस्तो लागेको छ । मेरो कुरा सकियो । अरुहरुका खासै उल्लेखनीय कुरा सुनिएन् । प्रिन्सिपलजीको एउटा जवाफले ३ दिनसम्म मस्तिष्कमा प्रश्न उठीरहेका छन् । (सरले स्कुल पठाएर नपढाउ भन्न त कसरी मिल्छ र हामीले त पढाउने नै हो, नपढाउन त स्कुल पठाउनु हुँदैन) माथि शुरुको प्रसङ्ग यही हो, बाध्यताले नचाहँदा नचाहँदै र नसकेर बच्चा स्कुल पठाएका छौँ । अनि ४ वर्षमै ठूलो विद्धान होस भन्ने अपेक्षा गर्दछौ । अनि घरमा गृहकार्यको रटान लगाउँछौ । बच्चाले केही बुझ्दैन ।
हेर्नुहोस् फेसबुकमा भेटीएको एक भिडियो र विचार गर्नुस यसरी हामीले के सिकाउदै छौँ र यसरी सिकाएर कसरी सिक्न सक्लान ।
सबै अभिभावकले कृपया हेर्नुस, चिन्तन मनन गर्नुस । केटाकेटीलाई दबाब दिएर सिकाउनु राम्रो होइन हैँ ।
https://www.facebook.com/guddupuddu/videos/1562474683796192/

0 comments Blogger 0 Facebook
Post a Comment