भुगर्वविद् प्रा. डा. विशालनाथ उप्रेतिको विदेशी साथीले काठमाडौंलाई एउटा ठूलो गाउँ हो भनेर भन्दा उनको मथिङ्गल हल्लिएको (नागरिक दैनिक साउन ९) सन्दर्भबाट यो आलेख सुरुवात गर्दैछु । कुनै पनि निश्चित ठाउँमा सहर हुन चाहिने पूर्वाधार के के हुन् ? पूर्वाधार पूरा गरेर सहर बनाउने हो वा सहर बनाएर पूर्वाधार बनाउने भन्ने कुनै सिद्धान्त त हुँदैन तर जब कुनै पनि स्थानलाई सहरको रूपमा विकास गरिँदैछ भने त्यो विकासमा केही आधारभूत पक्षमा ध्यान दिनै पर्छ । सन्धिखर्क ठूलो क्षेत्रफल ओगटेर (तोकिएको जनसङ्ख्या पु¥याउन र कसैको चित्त बुझाउन) नगरपालिका घोषणा गरिएको छ । अबको सन्धिखर्क नगरपालिकामा सञ्चालन हुने विकासका व्रिmयाकलापले पनि सहर बनाउने कि गाउँमै रहन दिने भन्ने कुराको निर्धारण गर्दछ । सन्धिखर्क नगरपालिकाका केही क्षेत्रमा हाल भैरहेको विभिन्न विकाससँग सम्बन्धित क्रियाकलाप हेर्दा सन्धिखर्कलाई पनि हामी ठूलो गाउँ नै बनाउँदैछौ कि भन्ने आभास भइरहेको छ ।
बाँगीखोलाको किनारमा रहेको समथर खेत (फुदवाङ् देखि विहार सम्म) केही वर्षमै कङ्क्रित जङ्गलमा परिणत हुँदैछ ।
नगरपालिका घोषणा नहुँदै निर्माण भएका अग्ला घरहरूको नक्सा पास भएको छैन् । व्यवस्थित सहरीकरणको कुनै अभ्यास भएको छैन् । सहर विकासको कुनै योजना र दीर्घकालीन सोच देखिदैन् । खेतीयोग्य जमिनको खण्डीकरण र पलटीङ्ग द्रुत गतिमा भैरहेको छ । बाँगीखोलालाई खुम्चाएर खोल्सो बनाइदिएका छौ । प्राकृतिक प्रकोप खबर गरेर आउने चीज होइन र यो रोक्न सकिने विषय पनि होइन । यसमा सावधानी मात्र अपनाउन सकिन्छ । चुत्रावेसी बजारमा पन्ध्र बीस वर्ष पहिलेको बाँगी खोलो र अहिलेको खोल्सो रूप प्रति हामी वेखवर छौँ । सिन्धुपाल्चोकको जुरेको पहिरो, त्यसले थुनेको भोटेकोशी र सो पश्चात भएको क्षतिलाई चुत्रावेसीवासी, सन्धिखर्क नगरपालिका र सिंगो अर्घाखाँचीवासीले आखा चिम्लने हो वा ध्यान दिने हो । कुनै दिन भीषण वर्षा भएर पहिरो गई विहारभन्दा माथि माटेमा बाँगीखोला थुनियो भने रतहलेमा बनाएको खोल्सोमा बाँगी खोला अट्छ कि अट्दैन, भद्री खोलो र घोँचे खोलोमा आउने ठूलो भेल र बाँगी खोला मिलेपछि पानिको सतह बढ्दै जान्छ भन्ने चुत्रावेसी बजारले थाहा पाउनु पर्ला कि नपर्ला ! थाहा पाउने कसले हो थाहा पाउने कहिले हो ? गत वर्ष मात्र भित्रि मधेस भनिने सुर्खेतमा बाढीले त्यति ठूलो क्षति गर्ला भने सायदै सोचेका थिए कसैले । राति थुनिएको भेरीले विहानपख मानिस विस्तारामै भएको वखत घर डुवायो । विस्थापित तथा पीडितहरू अहिले पनि बाटोको किनारमा पालमा बसिरहेका छन् । के सन्धिखर्कमा खोलोलाई खोल्सो बनाएर घर बनाउदै गर्दा यो विषयमा ध्यान दिनु जरुरी देखेका छौ त हामीले ?
सहर सबैको रहर पनि हो तर रहर अनुसार सहर बनाउन जानिएन भने त्यही रहर आफ्नो मृत्युको कारण बन्न पुग्छ भन्ने कुरा ३ महिना अगाडिको भूकम्प र काठमाडौँबाट हामीले पाठ सिक्नु जरुरी छ । खोल्सा र खोलामा माटो पुरेर बनाएका ठूला ठूला घर जमिनमा भासिन ठूलो भूकम्प नै आउनु नपर्ने रहेछ । हामीले यस्तो अवस्था देखेका छौं तर वेवास्ता गरिरहेका छौं । अहिले हामी भएको एक इन्च जमिन पनि खाली नछोडेर घर बनाउने प्रतिस्पर्धामा लागेका छौं तर हामीले विर्सिरहेका छौं भूकम्प पछि काठमाडौंका सबैले अनुभूत गरेको कुरा । काठमाडौंको मैतीदेवीमा बस्ने मानिस खुला ठाउँ खोज्दै एयरपोर्ट पुग्नु प¥यो भने शंखमुलका मानिस टुँडिखेल पुगे । सन्धिखर्क नगरपालिकामा घर बनाउँदै गर्दा यो पक्षलाई ध्यान दिने वा नदिने घर बनाउनेहरूकै जिम्मा । यस्ता धेरै पक्षहरू रहेका छन् हामीले सहर बनाउँदै गरेको सन्धिखर्क नगरपालिकामा ध्यान दिनु पर्ने कुराहरू । सहरका लागि आवश्यक पर्ने पूर्वाधार विकास गर्ने तर्फ भन्दा भएका केही संरचना र पूर्वाधार भत्काउने प्रतिस्पर्धामा लागेका छौं । सदरमुकामभित्रै भएका हरियाली दिने जङ्गललाई कंङ्क्रिट बनाइसकेका छौं । प्रकृतिले आफै निर्माण गरेका ढल निकासका पूर्वाधारलाई एउटा ह्युम पाइपमा खुम्चाएका छौं । अनि कुनै दिन ठूलो वर्षा हुँदा आएको भेल ह्युम पाइपमा नअटेर घरभित्रै पसोस र राज्य अथवा सरकारले नहेरको अलापमा बस्नु परोस अनि के होला ? हामीले विचार गरेका छौँ त ? हालैका दिनमा देशभर डुबिरहेका सहरको वारेमा सोचेका छौ । केही तस्विरहरु फेसबुकमा गर्व गरेर राखिएको छ, डुब्यो भनेर,, डुवेको हो कि हामीले डुबाएको ??
एउटा भनाई छ, सुधारका लागि कहिल्यै ढिला हुँदैन । अबको सन्धिखर्कको विकासका लागि पनि धेरै विग्रि सकेको छैन । सन्धिखर्क नगरपालिकामा हुन सक्ने प्राकृतिक विपत्तिस आगलागी, बाढी पहिरो र भूकम्पका लागि गर्ने तयारी, त्यस अनुकूल पूर्वाधार विकास एउटा पक्ष हो भने, अर्को पक्ष व्यवस्थित सहरीकरण र सहरको विकास । सन्धिखर्क नगरपालिका क्षेत्रको कुरा नगरी बजारकै मात्र कुरा गरौँ । अहिले पनि त्यहाँ सफा पिउने पानीको समस्या छ । वरीपरीको हरीयालीलाई मास्दै, मुल सुकाउँदै जाँदा त्यसको प्रभाव नजरअन्दाज गरिरहेका छौ । सिंगो अर्घाखाँची जिल्ला खाद्य असुरक्षित जिल्ला हो । खाद्यान्न उत्पादन हुने उवर्र भूमि मासेर कंङ्व्रिmटका जङ्गल विकास नगरौँ । खेती योग्य जमिन र आवास क्षेत्र छुट्याएर विकासका गतिवधि सञ्चालन गरौ । अबको १०० वर्ष पछिको सन्धिखर्कको कल्पना गरौं । जति सहरी विकास भएपनि खानु पर्ने अन्न र पानी नै हो, त्यसको उत्पादन र संरक्षण तर्फ ध्यान नदिई सहरी विकासमा मात्र ध्यान केन्द्रित नगरौं । अहिले गाउँबाट सहर आएको मानिसलाई सार्वजनिक शौचालयको व्यवस्था छैन् । होटलमा नमागी पानी खान पाइदैन । सडक पेटी भन्ने त सन्धिखर्कमा विकास भएका बाटोमा पर्दै पर्दैनन् । सडक पेटी विनाको सडकको विकास गरिरहेका छौं सहरमा । सुरक्षित विद्यालयहरू, रोजगारीका अवसरहरू, उद्योग कलकारखानाहरू, अस्पताल, डिपार्टमेन्टल स्टोरको विकासमा योजनाको खाँचो छ । जुनसुकै राजनीतिक वाद वा सिद्धान्त भए तापनि मानिसका लागि आवश्यक भनेको समृद्धि हो । समृद्धि प्राप्त गर्न रोजगारी, आयआर्जन, वचत, शिक्षा, स्वास्थ्य आदिको आवश्यकता हुन्छ ।
सन्धिखर्क बजारको ढल निकास बाँगीखोलालाई बनाइरहेका छौं । समयक्रममा यो नबग्ने बाग्मति जस्तै बनेर बस्दा सन्धिखर्कको नाम गन्धखर्क पनि त हुन सक्छ, हामीले सोचेका छौ ? सहरी विकासमा ढल निकास प्राकृतिक खोला नदिमा होइन त्यसको आफ्नै प्रणाली हुनु पर्छ । फोहर फाल्ने ठाँउ, त्यसको पुर्न चक्रिय पद्धित, सार्वजनिक शौचालय, खेल मैदान, पार्क, केटाकेटी खेल्ने ठाँउ, सिनेमा घर, गेष्ट हाउस, बस पार्क जस्ता क्षेत्रको विकासमा अहिले ध्यान नदिने हो भने कुनै दिन हामीले अहिलेको काठमाडौंको नियति भोग्नु पर्छ । हाम्रा पुस्ताले हामीलाई धिक्कार्ने छन् । काठमाडौंमा अहिले अग्ला घरका तला काटने व्रmम चलेको छ भने सन्धिखर्कमा अग्ला घर बनाउने होडबाजी । सहरमा रोजगारी सृजना हुनु जरूरी छ, गाउँको उत्पादनले सहरमा बजार पाउनु पर्छ । सहरी गरिबीले सहरमा अपराध वृद्धि गर्छ । भनिरहनु पर्दैन, चोरी, डकैति, गुण्डागर्दि जस्ता अपराध ९० प्रतिशत सहरमै हुने गर्दछन् । यदि सहर सुरक्षित बनाउने हो भने, सडक बत्ति, खुला स्थान, सामुदायिक संघ सस्था र रोजगारी तथा आय आर्जन आवश्यक हुन्छ । प्रहरीको उपस्थितिले अपराध घट्दैन, सहरका संरचना, सहरको रोजगारी र सहरका व्यवस्थाले मात्र सहरी अपराध न्यूनीकरण हुन्छ ।
जनगणना २०६८ अनुसार तत्कालीन सन्धिखर्क गाविसको कूल जनसङ्ख्या १३८२५ रहेको थियो । यसलाई आधार मान्दा हाल सन्धिखर्कको बजार क्षेत्रमा करिब दश हजार जनसङ्ख्या बस्छ, यसमध्ये बजारबाट तरकारी खरिद गरेर खाने सात आठ हजार होलान् । यो सानो सङ्ख्यालाई बन्दागोभि र खुर्सानी उत्पादन गरेर खुवाउन नसकेको हाम्रो अवस्था छ । अभिभावकले विश्वास गर्न सक्ने गुणस्तरीय शिक्षा दिन नसकेर जिल्लाका ३० प्रतिशत भन्दा बढी विद्यार्थी १२ कक्षा सम्मको शिक्षाका लागि बुटबल, काठमाडौं, पोखरा पुग्छन् । सहरी विकासले यो पक्षमा ध्यान दिनु पर्ला कि नपर्ला । हाम्रा प्राथमिकता के हुन, घर र बाटो मात्र हो कि, सुरक्षित र स्वस्थ पनि हो । गाँसलाई प्राथमिकता दिने हो कि बाँसलाई । हाम्रो सहरी विकासले हामीलाई सम्पन्नतातर्फ लैजादै छ कि विपन्नतातर्फ । विकास भनेको कसैले गरिदिएर हुने चीज होइन, यो त जसलाई चाहिएको छ, त्यसले गर्ने हो । इतिहास हेरौ, २०४०र४२ सालमा हाम्रा बुबा बाजेहरूलाई बाटो चाहिएर ३,४ वर्षको अवधिमा गल र गैती, कोदालाले गोरूसिंगे सन्धिखर्क बाटो खनिएको थियो तर त्यही बाटो अर्कैले गरिदिुन परेकाले कालोपत्रे हुन २० वर्ष लाग्यो । सन्धिखर्कको सहरी विकास सन्धिखर्कवासीले गर्नुपर्छ । जिल्लावासीको चासो हुनुपर्छ र राजनीतिकर्मीको तत्परता हुनुपर्छ । सन्धिखर्कलाई ठूलो गाँउ हुनबाट बचाएर, एउटा सभ्य, सुरक्षित सहर बनाउनेतर्फ ध्यान पुगोस । अस्तु ।
0 comments Blogger 0 Facebook
Post a Comment