सुमन अधिकारी
विद्यालय निरीक्षक भएको करिब ४ वर्ष भयो । शिक्षा ऐनले विद्यालय व्यवस्थापन
समितिको वैठकमा विद्यालय निरीक्षक पर्यवेक्षक हुन सक्ने व्यवस्था भए पनि चार
वर्षको अवधिमा कुनै पनि विद्यालयले आमन्त्रण नगरेको र संयोग पनि नपरेकाले वहाँ
कुनै पनि विद्यालय व्यवस्थापन समितिको वैठकमा उपस्थित हुनु भएको थिएन । यस्तैमा
एउटा माध्यमिक विद्यालयमा पुगेको बेला व्यवस्थापन समितिको वैठक परेको रहेछ । वहाँले
कक्षा ३ मा विद्यार्थीसँग कुरा गर्दै हुनुहुन्थ्यो, प्रधानाध्यापक पनि त्यही
पुग्नु भयो । सुमनजीले ८Í७ कति हुन्छ भनेर सोध्दै हुनु हुन्थ्यो, प्रधानाध्यापकले बीचैमा रोकेर सर
वैठकमा जाँउ भन्नु भयो । के को वैठक वहाँले सोध्नु भयो । व्यवस्थापन समितिको वैठक
छ, जाँउ सर, प्रधानाध्यापकले भन्नु भयो । अनि प्रधानाध्यापक र सुमनजी सँगै व्यवस्थापन
समितिको वैठक कक्षमा प्रवेश गर्नु भयो ।
व्यवस्थापन समितिको वैठकको शुरुवात
प्रधानाध्यापकले गर्नुभयो । निरीक्षकलाई स्वागत गरियो । परिचय भयो ।
निरीक्षक सुमनले व्यवस्थापन समितिको वैठकमा आफु पर्यवेक्षकको रुपमा उपस्थित भएको कुरालाई सम्झिएर गतिविधिहरू अवलोकन गर्ने, कुराहरू सुन्ने र टिपोट गर्न लाग्नु भयो । प्रधानाध्यापकले विव्यस अध्यक्षलाई वैठकको अध्यक्षता ग्रहण गर्न अनुरोध गर्नु भयो । प्रमुख अतिथिको रुपमा एक राजनीतिक दलका क्षेत्रीय सभापतिलाई आसन ग्रहण गराउनु भयो । अरु दलका गाविस स्तरीय प्रतिनिधिहरुले पनि आसन ग्रहण गरे । गाविस सचिव, पूर्व विद्यार्थी लगायतका व्यक्तिहरूलाई पनि वैठकमा आसन ग्रहण गराइयो । सल्लाहकार समितिका पदाधिकारीको आसन ग्रहण भयो । डायरीमा नोट गरिरहँदा सुमनजीलाई अचम्म लाग्यो, यो कस्तो वैठक हो, जहाँ राजनीतिक दलका प्रतिनिधिहरू अतिथिको रुपमा आसन ग्रहण गरिरहेका छन् । यस्तैमा प्रधानाध्यापकले व्यवस्थापन समितका एक सदस्यलाई महिला दलित सदस्य भन्दै आसन ग्रहणको लागि नाम पढ्दा निरीक्षकलाई अचम्म लाग्यो । व्यक्तिको पोसाक र शारीरिक संरचनाले आफैमा महिला भन्ने पहिचान दिन्छ, किन महिला भन्नु परेको होला ? त्यसमा फेरी दलित किन थप्नु परेको ? डायरीमा लेख्नु भयो । यस्तो सोचाई र दृष्टीकोणले हामी कहिले साच्चिकै भेदभाव मुक्त समाज निर्माण गर्न सकौला भन्ने पनि लाग्यो ।
निरीक्षक सुमनले व्यवस्थापन समितिको वैठकमा आफु पर्यवेक्षकको रुपमा उपस्थित भएको कुरालाई सम्झिएर गतिविधिहरू अवलोकन गर्ने, कुराहरू सुन्ने र टिपोट गर्न लाग्नु भयो । प्रधानाध्यापकले विव्यस अध्यक्षलाई वैठकको अध्यक्षता ग्रहण गर्न अनुरोध गर्नु भयो । प्रमुख अतिथिको रुपमा एक राजनीतिक दलका क्षेत्रीय सभापतिलाई आसन ग्रहण गराउनु भयो । अरु दलका गाविस स्तरीय प्रतिनिधिहरुले पनि आसन ग्रहण गरे । गाविस सचिव, पूर्व विद्यार्थी लगायतका व्यक्तिहरूलाई पनि वैठकमा आसन ग्रहण गराइयो । सल्लाहकार समितिका पदाधिकारीको आसन ग्रहण भयो । डायरीमा नोट गरिरहँदा सुमनजीलाई अचम्म लाग्यो, यो कस्तो वैठक हो, जहाँ राजनीतिक दलका प्रतिनिधिहरू अतिथिको रुपमा आसन ग्रहण गरिरहेका छन् । यस्तैमा प्रधानाध्यापकले व्यवस्थापन समितका एक सदस्यलाई महिला दलित सदस्य भन्दै आसन ग्रहणको लागि नाम पढ्दा निरीक्षकलाई अचम्म लाग्यो । व्यक्तिको पोसाक र शारीरिक संरचनाले आफैमा महिला भन्ने पहिचान दिन्छ, किन महिला भन्नु परेको होला ? त्यसमा फेरी दलित किन थप्नु परेको ? डायरीमा लेख्नु भयो । यस्तो सोचाई र दृष्टीकोणले हामी कहिले साच्चिकै भेदभाव मुक्त समाज निर्माण गर्न सकौला भन्ने पनि लाग्यो ।
प्रधानाध्यापकको निर्देशनमा एकजना शिक्षकले
वैठकका चार एजेण्डा प्रस्तुत गर्नु भयो । निरीक्षकले एजेण्डा टीपोट गर्नु भयो,
शैक्षिक र सिकाइका कुनै एजेण्डा थिएनन् । वार्षिक परीक्षा नजिकिदै थियो ।
विद्यालयले केही समय अगाडि वार्षिकोत्सव मनाएको रहेछ, त्यसको समिक्षा एउटा एजेण्डा
थियो । त्यसमाथि छलफल गर्दै एकजनाले भन्नुभयो, विद्यालयमा राजनीतिक हस्तक्षेप भयो
। विद्यालयको कार्यक्रममा राजनीतिक भाषण भयो । अर्का जनाले त्यसको प्रतिवाद गर्दै
भन्नुभयो, विद्यालयमा बोलाउँदा, आसन ग्रहण गराउँदा र मञ्चमा बोलाउँदा समेत फल्नो
राजनीतिक दलको भनेर बोलाएपछि उसले के को भाषण गर्ने ? दलकै त गर्ने हो । यसमा फेरी
अर्कोजनाले थप्नु भयो, दलका मान्छेले राजनीतिका भाषण गरे ठिकै छ, तर यहाँ त
शिक्षकले पनि राजनीतिक दललाई यसो गर्नु हुन्छ र यसो गर्नु हुँदैन भन्दै निर्देशन
दिए । एकछिन विवाद भयो, चर्को चर्को स्वरमा वाद प्रतिवाद भयो । अन्तमा एकजनाले अझ
चर्को स्वरमा मलाई बोल्न दिनुस, तपाइहरू मात्र नबोल्नुस भन्दै, कांग्रेश एमाले
बोलिसक्नु भयो, अब एमाओवादीको पालो । निरीक्षकलाई कहाँको के वैठकमा अथवा छलफलमा
बसिरहेछु अचम्म लाग्यो । अन्तिम वक्ता बोलेपछि त्यो वहश सकियो जे होस । ती अन्तिम
वक्ताले गरेको एउटा कुरा भने निरीक्षकलाई घत लाग्यो । वैठकमा उपस्थित गाविस
सचिवलाई अव संविधानले माध्यमिक तहसम्मको शिक्षा गाविसको भनेको छ, विद्यालयमा
गाविसको पैसा बढाउनु पर्यो ।
अर्को एजेण्डामा
छलफल शुरु भयो । विद्यालयमा निमावि विज्ञान शिक्षक खालि भएर एउटा विज्ञापन हुँदा
कोही नआएकाले फेरी विज्ञापन गर्ने दोस्रो एजेण्डा रहेछ । छलफलको क्रममा लाइसेन्स
भएको विज्ञान पढेको मान्छे पाइएन भन्ने भयो । यसपछि कि त विनिले वा जिशिकाले
मान्छे खोजेर ल्याइदिनु पर्यो, होइन भने हामीले लाइसेन्स नभएकालाई पनि राख्न
पाउनुपर्छ भन्ने जिकिर आयो । निरीक्षकले अहिले विज्ञापन गर्नुस, कोही आएन भने
सल्लाह गरौला भनेर विषय सकाउनु भयो । विषय त सकियो, तर निरीक्षकको मनमा भने
ढ्याङ्ग्रो बज्यो, आफ्नै शैक्षिक परिपाटीको ।
तेस्रो तथा चौथो एजेण्डा, आगामी वर्ष स्वण
जयन्ति मनाउने र चैत १५ पछि भर्ना अभियान चलाउने अनि तल्लो तहका स्थायी शिक्षकले
माथिल्लो तहमा पढाइरहेका हुनाले उनीहरुलाई केही प्रोत्साहन रकम दिने विषय थिए । निरीक्षक
पहिलो पटक यस्तो वैठकमा बसेकाले अलमल पर्नु भयो । वैठक सबैठाँउ यस्तै होला कि ! छलफलकै क्रममा विद्यालयमा
भवन र कक्षाकोठा अभाव नभएकाले उच्च मावि चलाउनु पर्ने प्रसङ्ग पनि थियो । यसैमा
एकजना महिला सदस्यले भवन मात्र त छ, शौचालय नभएर साना केटाकेटीलाई गाह्रो भएको छ
नि, भन्नु भयो । यो कुरा सुन्ने सायद कोही भएन, वहाँले वोल्नु भयो सकियो । अन्तमा
प्रधानाध्यापकले निरीक्षकलाई बोल्न भन्नुभयो । निरीक्षकलाई के भन्ने के भन्ने
अप्ठ्यारो भयो, अनि वहाँले आफूले आज गरेको कामको कुरा शुरु गर्नु भयो । वार्षिक
परीक्षा आउनै लागेको छ, अब पढाइ हुने दिन लगभग सकिएको छ, कक्षा १ विद्यार्थीले
नेपालीका सग्ला अक्षर मात्र पढ्न सक्छन, कुनै पनि विद्यार्थीले मात्रा लगाएका
अक्षर पढन सक्दा रहेनछन् । कक्षा २ पनि आधा अक्षर पढन सक्दैनन । कक्षा ३ का
विद्यार्थीले साधारण जोड, घटाउ र गुणन जान्दैनन । यसले गर्दा यस्ता वैठकमा यी
विषयमा पनि छलफल गर्नुस । भर्ना अभियान भन्दै हुनुहुन्छ, अभिभावककहाँ जाँदा हामीले
यति राम्रो पढाएका छौ, बच्चा हामीकहाँ पठाउनुस भन्नु पर्छ होला, यतिकै त भर्ना
अभियान प्रभावकारी नहोला । दश वर्ष पछिको विद्यालयको राम्रो नतिजा दिने विद्यार्थी
अहिलेको कक्षा १ हो, यो विषयलाई ध्यान दिनु पर्ला । यस्तै सिकाइका २, ३ कुरा मात्र
गर्नु भयो निरीक्षकले । यसपछी वैठकमा उपस्थित भएका सबैले गरिरहेको खासखुस बन्द भयो
। वैठकमा बसेका २,३ जना शिक्षकहरुले अनुहार विगारेको देखियो । प्रमुख अतिथिले
यस्ता कमजोर सिकाइका कुरा सुन्दा मलाइ नमजा लागेको छ अब यी कुराहरु सुधारिनु पर्छ
भन्ने भनाइ राख्नु भयो। यस्तै यस्तै हुँदै करिब ३ घण्टा चलेको वैठक अध्यक्षले
समापन भएको घोषणा गरेर सकियो ।
वैठकमा उपस्थित एक शिक्षकले निरीक्षकलाई
एकछिन कार्यालयमा गएर छलफल गरौं भन्ने कुरा राख्नु भयो । यसपछि सबै शिक्षक,
निरीक्षक र प्रधानाध्यापक कार्यालयमा बस्नु भयो । उनै शिक्षकले चर्को स्वरमा आपति
जनाए, निरीक्षकले समितको वैठकमा भनेका कुरा कार्यालयमा हामीसँग भन्नु पर्थ्यो भनेर
। समितिका मान्छेसँग हाम्रो कमजोरी किन भनेको भनेर । निरीक्षकलाई उनीसँग कुनै वाद
प्रतिवाद गर्न मन लागेन । निरीक्षकले म तपाँइहरुले बोलाएर गएको हो र बोल भनेरै
बोलेको हो । के बोल्ने के नबोल्ने तपाँइले मलाई सिकाउनु पर्दैन् निरीक्षकले जवाफ
दिनु भयो । यसपछि फेरी सिकाइका केही कुराहरु भए । शिक्षकहरु सबै कुराको कारण दिने
र प्रतिवादमा मात्र उत्रनु काम गर्नु भयो । कक्षाकोठाहरु अत्यन्त फोहर, शौचालय पनि
अत्यन्तै फोहर थियो । गतवर्षको प्रवेशिका नतिजा जम्मा ७ प्रतिशत थियो । निरीक्षकले
एउटै cluster मा पर्ने अर्को निम्न माध्यमिक विद्यालयले राम्रो गरेको कुरा गर्नुभयो ।
यसपछि, सबै कुराको कारण दिने उनै शिक्षकले त्यो निमावि भएर राम्रो भएको हो, हाम्रो
त मावि हो भन्नुभयो । यसो भनेपछि निरीक्षकले बुझ्नु भयो वहाँको प्रवृतिको वारेमा र
भन्नु भयो, ल, ल तपाइँहरुले राम्रै गर्नु भएको छ, राम्रो गर्नुहोला । शुभकामना ।
धन्यबाद । achdevi38@gmail.com
0 comments Blogger 0 Facebook
Post a Comment