सहयोगी कार्यकर्ता रमिलाको
रमिला गाँउकै क्याम्पसबाट स्नातक सकेपछि जागिरको खोजीमा निकै भौतारिइन । शिक्षक सेवा आयोग, लोक सेवा आयोग र अन्यसंस्थानहरूको परीक्षामा प्रतिस्पर्धा गरिन् । बुहारीको भूमिकामा जाँचको तयारी राम्रोसँग गर्न नपाउँदा उनले प्रतिस्पर्धाबाट नाम निकाल्न सकिनन् । यस्तैमा गाँउको माध्यमिक विद्यालयमा बाल विकास केन्द्रमा पढाउने सहयोगी कार्यकताका लागि विज्ञापन भयो । कक्षा ८ न्यूनतम् योग्यता भनिएको उक्त पदमा आवेदन गर्ने नगर्ने भन्ने द्धिविदा हुँदाहुँदै उने आवेदन दिइन् ।
सम्पर्क मितिको दिन उनी विद्यालय पुगिन् । विद्यालयमा वुझ्दा सहयोगी कार्यकर्ताको पदमा ६ जनाको आवेदन परेको रहेछ । एकजना प्रधानाध्यापकको छोरी, अर्को व्यवस्थापन समितिका अध्यक्षकी बुहारी, अर्को पूर्व गाविस अध्यक्षकी बुहारी, एकजना स्रोत व्यक्ति र एकजना जिशिका का कर्मचारीको आफन्त पनि ।
आवेदन दिने सबैका यस्तै विभिन्न राजनीतिक र सामाजिक पहुँच भएको थाहा पाइन् उनले । विद्यालय परिवार पनि सबैले आफ्नै मान्छेलाई जागिर खुवाउने दबाव आइरहँदा समस्यामा परेको थियो । यस्तो पहुँचको प्रतिस्पर्धात्मक दौडमा सहभागी हुने नहुने भन्ने निकै द्धिविधामा परेर उनले शहरमा बस्ने आफ्ना श्रीमानलाई यो कुरा सुनाइन् । सामान्य राजनीतिक पहुँच बनाएका उनका श्रीमानले आफ्नै क्षेत्रका सभासद मार्फत विद्यालयमा फोन गराउन सफल भए र रमिलाले बालविकास केन्द्रमा मासिक ३ हजार तलब पाउने गरी नियुक्ति पाईन ।
नियुक्त भए लगत्तै उनले सहयोगी कार्यकर्ताको १० दिने आधारभूत तालिम लिइन । अनि विद्यालयमा पहिलो दिन पढाउन जाँदा प्रधानाध्यापकले समय तालिका अनुसार कक्षामा पढाउन जान भन्नुभयो । उनले कुरा नबुझेर म त बालबिकास केन्द्रमा मात्र होला नि ? भन्ने प्रश्न गरिन । बालविकास केन्द्रमा मात्र पढाउन त पन्ध्र सय तलबमै अरुहरू नै तयार थिए मिस, तपाँई त स्नातक गरेको ८, ९ कक्षामा पनि पढाउनु हुन्छ भनेर तीन हजारमा तपाईलाई राखेको हो नि । अनि सभासद ज्यूले पनि १० सम्म पढाउँछिन भन्नु भएको थियो । प्रधानाध्यापकको यो जवाफबाट अनुतरित उनको दैनिकि शुरु भयो । पहिलो पिरीयड कक्षा—५, दोस्रो कक्षा—३, तेस्रो बालविकास र कक्षा—१ (कक्षा कोठाको अभावमा एकै ठाँउ सञ्चालित), चौथो कक्षा—२, पाँचौ कक्षा—४, छैठौँ कक्षा—८ र सातौ कक्षा—७ ।
आधारभूत तालिममा सिकेको सबै कुरा रमिलाका लागि कथा जस्तै लागेको छ, खेल खेलाउने, सामग्री बनाउने, विषयगत पद्दतिमा आधारित (त्जझबतष्अ ब्उउचयबअज) र अन्य विभिन्न व्रिmयाकलाप गराउने । उनी बालविकास÷कक्षा १ मा ४५ मिनेट बस्छिन् । गणित उनको विषय परेको छ, व्रिmयाकलाप, खेल, कथा कविता गीत सबै छोडेर उनको दैनिकि अङ्क सिकाउनुमा चलिरहेको छ । हरेक वर्ष बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको पुर्नताजगी तालिम र १ दिने अभिमुखीकरणमा पनि सहभागी हुन्छिन् उनी । तर पिरीयड अनुसार कक्षा ८ सम्म पढाउने उनको दैनिकी वर्षौदेखि चलिरहेको छ र निश्चित पनि छैन कहिलेसम्म चल्ने छ ? खै !!
धन्यबाद ।

0 comments Blogger 0 Facebook
Post a Comment