साउन ११ स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदैं थिइन् पानी परिरहेको थियो सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरीको ढलले हिँड्न सक्ने थिएन
पानीले भिजेकी महेन्द्र बौद्ध माविकी कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँ बस्तीस्थित कोठामा जाने सुरमा थिइन्
उनीसँगै कक्षाका साथीहरु पनि थिए अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विलचेयरमा ढलको पानीमा डुबेको देखिन् उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन्
उनी पुग्नुभन्दा अघिदेखि नै भलको पानीमा अड्किएका ती मानिस उनको ह्विलचियरलाई चारैतिरबाट मानिसले हेरिरहेका थिए तर, कोही ढलको पानीमा छिरेको थिएन गोले हेरेर बस्न सकिनन्
उनी ढलमा जुत्ता पाइन्ट भिजाएर पानीमा फसेका मानिसलाई तान्न अघि सरिन् ढलको पानीमा ह्विलचियरमा अड्किएका मान्छेले सुरुमा उद्धारका लागि बोलाइरहेका थिए तर जब सुजाता उनको नजिक पुगिन्, उनले तिमीलाई बोलाएको होइन, तिमी नआउ भन्न थाले
तर मैले उहाँले भनेको कुरा मानिनँ मैले जबरजस्ती ह्विलचेयर समाएर तानेँ,’ गोलेले भनिन् दोलखा मेलुङ गाउँपालिका , भेट्पुकी गोले एक वर्षअघि काठमाडौं आएकी हुन्
कान्तिपुरबाट साभार 

0 comments Blogger 0 Facebook

 
Deviram Acharya © 2016. All Rights Reserved.